काभ्रेपलान्चोक । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार बागमती प्रदेश काभ्रे जिल्लाको महाभारत गाउँपालिका बेरुजु नियन्त्रणमा उत्कृष्ट गाउँपालिका बनेको छ ।महालेखा परीक्षकको कार्यालयको वित्तिय सुचक प्रतिवेदन अनुसार अार्थिक बर्ष २०७७/७८ को बेरुजु नियन्त्रणमा बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये रामेछापको रामेछाप नगरपालिका प्रथम र महाभारत गाउँपालिका दोस्रो उत्कृष्ट स्थानीय तहमा पर्न सफल भएको छ ।

यस आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकाको ६७ करोड ७९ लाख १३ हजार रुपैयाँको लेखा परीक्षण गरिएको रकममध्ये २९ लाख ४० हजार अर्थात् ०.४३ प्रतिशत बराबरको बेरुजु देखिएको वित्तिय प्रतिवेदनमा उल्लेख गरेको छ । जुन प्रदेशभरकै कम बेरुजु भएको स्थानीय तहमा दोस्रो स्थानमा पर्छ ।

बागमती प्रदेशमा महानगरपालिका ३,उपमहानगरपालिका १,नगरपालिका ४१ र गाउँपालिका ७४ गरी ११९ वटा स्थानीय तह छन् । ति मध्ये प्रदेशकै रामेछापको रामेछाप नगरपालिका प्रथम र काभ्रेको महाभारत गाउँपालिका दोस्रो उत्कृष्ठ स्थानीय तह बनेको छ । प्रदेशका स्थानीय तहहरुमध्ये दोलखाको वैतेश्वर गाउँपालिकाको सबैभन्दा बढि १४.०४ प्रतिशत र काभ्रेको १३ स्थानीय तहमध्ये सबैभन्दा बढि तेमल गाउँपालिकाको ९.७० प्रतिशत बेरुजु देखिएको छ ।

महाभारत गाउँपालिका बागमती प्रदेश र काभ्रे जिल्लाकै विकट र दुर्गममा भएपनि कर्मचारी र जनप्रतिनिधीले उच्च कार्य गरेकै कारण उत्कृष्ट भएको हो । गत वर्ष करिब दुई करोड बेरुजु देखिएकामा यस वर्ष गाउँपालिकाले बेरुजु तथा सुशासनको क्षेत्रमा उल्लेख सुधार भएकाले बेरुजु कम भएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय