काठमाडौं । आजदेखि नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन काठमडौंमा सुरू हुँदैछ । ‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, जुझारू नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ भन्ने नारासहित सुरू हुने महाधिवेशनको उद्घाटन धुम्बाराहिस्थित एस.अर ब्यानक्युईटमा आइतवार दिउँसो १ बजेबाट सुरु हुने अध्यक्ष मोहन गोलेले जानकारी दिएको छ ।
कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महाधिवेशन आजदेखि सुरू हुन लागेको छ । ३ दिन सम्मा हुने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
महाधिवेशनमा स्थानीय तह, प्रदेश, जिल्ला समन्वय समिति र प्रवास समितिका गरी करिब ८०० जना प्रतिनिधि सहभागी बताएको छन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष गोले, वरिष्ठ उपाध्यक्ष बेलीमाया लामा, उपाध्यक्ष कुमारसिंह घिसिङ, अमीर मोक्तान, रामकृष्ण ब्लोन र काजीमान थिङको दाबी रहेको छ ।