
सिन्धुली । सिन्धुलीको श्री माध्यमिक विद्यालय मरिण हायुटारमा पूर्व विद्यार्थी समाज गठन गरेको छ । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले सुवास वाइबाको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।
पूर्व विद्यार्थी समाजको तदर्थ समितिका अध्यक्ष दिनेश कुमार लो को अध्यक्षता, बागमती प्रदेश सभा सदस्य क्षेत्र बहादुर बोम्जनको प्रमुख आतिथ्यता, घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, घ्याङलेख गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता रोशन कुमार भ्लोन, मा. वि. मरिण हायुटारका प्रधानाध्यापक विजय कुमार थिङको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।


अधिवेशनले कमिटीको अध्यक्षमा सुवास वाइबा, वरिष्ठ उपाध्यक्षमा केशब खड्का, उपाध्यक्षमा रोशन कुमार भ्लोन, युनिस स्याङ्तान, सचिवमा प्रमिला कुमारी वाइबा, सह–सचिवमा पशुपति सुनुवार र कोषाध्यक्षमा विर्ख बहादुर वाइबा चयन भएका छन् ।
त्यस्तै कमिटिीको सदस्यहरुमा नम्रता थामी, निसान्त सुनुवार, सुब्बलाल वाइबा, सिसम चुमी मगर, मुना सुनुवार, यम कुमारी वाइबा, नैन बहादुर सुनुवार, जनक कुमार बज्यु, योग बहादुर सुनुवार, अभिनाश योञ्जन, फूल कुमार सुनुवार, सरिता थोकर र निमिसा पुलामी चयन भएका छ्न्।
कार्यक्रमको अवसरमा विद्यालयका कक्षा १ देखी ५ सम्मका गरिबा तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला साथै शैक्षिक सामाग्री वितरण गरेको थियो । साथै विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो ।