काभ्रेपलाञ्चोकक । बागमती प्रदेश सरकारका सांसद, पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) दलको प्रमुख सचेतक माननीय रत्न प्रसाद ढकालले काभ्रेका विभिन्न ठाउँमा आव २०८१–०८२ का लागि बजेट तर्जुमा गर्न सफल भएका छन् ।

ढकालको विशेष पहलमा भौतिक पूर्वाधार बिकास मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट बिनियोजीत बजेट र योजनाहरु सार्वजनिक गर्दा काभ्रे जिल्लाका लगि निम्न ठाउँहरूमा बजेट सुनिश्चिता भएका छन् ।

बिनियोजीत बजेटहरू

१. सुनकोशीपुल–मैनाजङ खत्रीगाउँ टेकानपुर वडा कार्यालय भोज्र्याङर्वेशी सडक, तेमाल–८,९ रु २ करोड ३९ लाख ।
२. बिपी राजमार्ग, चरुवा–भिडाबारी सडक काभ्रे, नमोबुद्ध नपा–३
रु ५ करोड ९९ लाख ।
३. मध्य पहाडी लोकमार्ग , आरुबोट,कात्तिके देउराली ,ढाँडखर्क काफ्ले ,नाग्रे गगर्चे सडक (ढाँड खर्क छेडा काफ्ले कोइली बगर खण्ड ) चौरीदेउराली गा.पा. ४,३ र २)
रु १ करोड ४९ लाख ।
४.छेडा , कुर्थली , सलम्बु काफ्ले चौरीखोला (काभ्रे) सैलुङ्ग (रामेछाप) सडक काभ्रेपलान्चोक
रु १ करोड ४९ लाख ।
५. भोज्र्याग बेशी भोज्र्याग गाउँ वडा कार्यालय टेकनपुर खत्रीगाउँ मैनाजङ सुनकोशी पुल सडक, तेमाल–८,९ रु १ करोड ४९ लाख ।
६.ढाँडखर्क, पालिका अस्पताल, जिरोकिलो, कातिकेदेउराली, मादनकुँडारी, आरूबोट लोकमार्ग सडक, चौरीदेउराली–५,६ र ७
रु १४ करोड ९९ लाख ।
७.आँकुरा खोला सडक पुल देविटार महाभारत (जनमुक्ती मार्ग) रु ५ करोड ९५ लाख ।
८.जनमुक्ति मार्ग (पिंन्थली ,भुमिचुली देविटार ,ताल ढुङ्गा ,सिक्रे दोभान झुरझुरे) (छोटेसहान तालढुङ्गा खण्ड) रु १६ करोड २९ लाख।
९.पोखरी ,हर्रे,विरुवा चौरीखोला सडक स्तरोन्नती, चौरीदेउराली–५ रु ५९ लाख ।
१०.दाप्चा–नमोबुद्ध–नेपाने–गहते–फलामेसाँघु–सिखरआम्बोटे– सानाकोट– तारा खसेलेक– गोकुले सडक, नेपाने गहते खण्ड रु ४ करोड ४९ लाख ।
११.जनमुक्ति मार्ग पिन्थली, रजवास खण्ड रु ५ करोड ९९ लाख ।
१२. शहिद प्रतिष्ठान बनेपा रु १ करोड ५० लाख

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय