युएई । युएईमा कार्यरत तामाङ समुदायबीच एकता, सामाजिक उत्तरदायित्व तथा मातृभूमिप्रतिको कर्तव्यबोधलाई अझ सुदृढ बनाउने उद्देश्यसहित तामाङ समाज युएईले आगामी जुलाई ५ मा ‘SMS धमाका’ सांगीतिक साँझ आयोजना गर्ने भएको छ।

‘SMS’ अर्थात् Support My School अभियानमार्फत नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको तामाङ समाज युएईका अध्यक्ष सुरेन तामाङले जानकारी दिए। कार्यक्रमको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका विद्यालयहरूलाई शैक्षिक सामग्री, पूर्वाधार सहयोग तथा विद्यार्थीहरूको सिकाइ वातावरण सुधारमा सहयोग पुर्‍याउनु रहेको छ।

कार्यक्रमलाई भव्य र उत्साहपूर्ण बनाउन तामाङ समाज युएईका सम्पूर्ण सदस्य तथा अग्रज व्यक्तित्वहरू सक्रिय रूपमा जुटिरहेका छन्। ‘SMS धमाका’मा प्रसिद्ध गायक तथा संगीतकार चन्द्रकुमार दोङको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम, सामूहिक सहभागिता र आपसी सद्भावले कार्यक्रमलाई अझ आकर्षक बनाउने विश्वास गरिएको छ।

तामाङ समाज युएईका सदस्यहरूले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्दै आएका छन् र आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तामाङ समाज युएईले विगतदेखि नै विभिन्न सामाजिक सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यसपटकको ‘Support My School’ अभियानले संस्थाको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। संस्थाले शिक्षा, स्वास्थ्य तथा आपतकालीन सहयोगका क्षेत्रमा भविष्यमा पनि सक्रिय भूमिका निर्वाह गर्ने योजना बनाएको जनाएको छ।

नेपालमा अझै पनि धेरै विद्यालयहरू आधारभूत सुविधाको अभावमा संघर्षरत रहेको अवस्थामा प्रवासमा रहेका नेपाली समुदायको सहयोग अत्यन्त महत्वपूर्ण रहेको अध्यक्ष सुरेन तामाङले बताए। तामाङ समाज युएईको यस पहलले ती विद्यालयहरूमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय