काठमाडौं । आफूलाई सिभिल प्रहरी भन्दै क्लब सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर भई हाल भक्तपुर बस्दै आएका २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका–२६, ज्याठास्थित गोल्डेन आई डान्स बारमा आफूहरू सिभिल प्रहरी भएको भन्दै क्लबभित्र प्रवेश गरी सञ्चालक तथा कर्मचारीसँग वादविवाद गर्नुका साथै धाकधम्की र डरत्रास देखाएका थिए।

उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय