काभ्रे । नेपालको हिमाली तथा पहाडी भेगमा आज रङहरूको पर्व फागु पर्व अर्थात् होली मनाइएको छ । छुट्टै ईतिहास,परम्परा र सस्ंकृती बोकेको होली घरदेखि बजार र खुल्ला ठाउँहरुमा युवायुवती उल्लेख्य मात्रमा भेला भई खुशी साट्दै आत्मियता बाढ्दै होली मनाइएका छन् ।

तर होली खेल्नेहरु रङ दलेर हर्ष र उमंग बाँड्दै संस्कृति जगेर्नासँगै कतै विकृति पनि उत्तिकै बढिरहेको देखिन्छ । यस्तो केहीले मन्दिरमा पूजाआजा गरेर परम्परागत रुपमा बाजागाँजा र नाचगान सहित होली मनाएका समेत छन् ।

त्यस्तै अर्कोतर्फ होलीको विकृति बढ्दो अवस्था देखिएका छन् । विशेषगरी युवायुवतीहरुले होलीमा विकृति बढाएको देखिएको हो । होली खेल्न भेला भएका युवा युवती एक–अर्कामा अण्डा फुटाउने, पानी छ्याप्ने र लोला हान्नुको साथै विच सडक र खुल्ला ठाउँमा नै मादक पदार्थ सेवन गरेको देखिन्छ ।

यस्तो दृश्य काभ्रे, काठमाडौँ उपत्यका, मकवनपुरसँगै पहाडी तथा हिमाली ५८ वटा जिल्लामा नै देखिए । उनीहरुले ठूला ट्यांकी भएका गाडी नै ल्याएर पानी छ्याप्ने, अण्डा फ्याँक्ने तथा लोला हान्ने जस्ता विकृति बढेको हो ।

अनौठो त के भने होलीमा रङ बेच्न बसेका व्यवसायीहरु समेत रङसँगै अण्डालाई बिक्री गर्न राखेका देखिए । यो होलीमा हुने विकृतिको एउटा गतिलो उदाहरण हो । यस्ता विकृति बढ्न नदिन प्रहरी परिचालन गरेको भए पनि त्यसले खासै प्रभाव पाइएन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय