काभ्रे । आज (शनिबार) बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको समापन हुने भएको छ ।
प्रतियोगिता फागुन २८ गते मकवनपुरको हेटौँडास्थित् पिप्ले रंगाशालामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेसँगै सुरुभएको थियो ।
बागमती प्रदेश खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रदेश स्तरीय खेलकुद प्रतियोगिता काभ्रेको धुलिखेल रंगशालामा समापन कार्यक्रम दिउँसो ३ बजे हुनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्नको लागि युवा तथा खेलकुद मन्त्री महेश राज गहतराज धुलिखेल आउने भएका छन् । प्रतियोगिताका विजेतालाई नगद सहित सिल्ड, प्रमाणपत्रको समेत व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्न आयोजना गरिएको प्रतियोगिताले देशमै पहिलो पटक प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर प्रदेश सरकारले इतिहास रच्न लागेको बताईएको छ ।