महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका– ५ गोपेडाँडामा निर्माण भएको ३६ फिट अग्लो कोन्ज्योसोम बुद्ध मुर्तिको प्राण प्रतिष्ठा कार्यक्रम तथा उद्घाटन गरिएको छ । कार्तिक पुर्णिमाको अवसरमा श्रद्वेय गुरु क्याबजे मेनटुल गेडक रिन्पोछेले मुर्तिको प्राण प्रतिष्ठा गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्रद्वेय गुरु क्याबजे मेनटुल गेडक रिन्पोछेले पुजापाठ गर्नु मात्रै धर्म होइन राम्रो सोच्नु नै धर्म हो भन्नु हुदै भगवान् बुद्धले देखाएको सत्य मार्गहरुका बारेमा प्रकाश पार्नभयो । संसार भरिका बुद्धधर्मालम्वीहरु तथा सम्पूर्ण शान्तिप्रेमी मानव जातिका लागि महत्त्वपूर्ण रहेको बतानुहुदै रिन्पोछेले उपस्थित सबैलाई बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गर्नुभयो ।


विषेश अतिथि पुर्व मन्त्रि तथा प्रदेश सभा सदस्य माननीय रत्न ढकालले कोन्ज्योसोम बुद्ध मुर्तिको निमार्णमा एउटा मुर्ति निमार्ण सम्पन्न भए पनि अर्को दुई वटा निमार्ण गर्न बाँकी रहेकोले त्यसमा सहयोग गर्ने बताउनुभयो । साथै ढकाल आफ्नो कार्यकालमा सयौं बुद्धको मुर्तिहरु छ्र्योतेनहरु तथा गुम्बाहरु निमार्ण भएको समेत बताउनुभयो ।
त्यस्तै विषेश अतिथि महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा(संसार)ले तामाङ तथा बुद्ध धर्म मान्ने बुहुल्यता रहेको क्षेत्रमा बुद्धको मुर्ति स्थापना गर्नुपर्छ भन्ने सरकारको मुख्य उदेश्य अनुसार मुर्ति निमार्ण भएको बताउनुभयो । गाउँपालिका सरकारले निर्मार्णमा सहयोग गर्दै आएको र आगमी दिनमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । साथै अध्यक्ष जिम्बाले मुर्ति निमार्णको लागि व्यक्तिगत रू ३१ हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि श्रद्वेय गुरु क्याबजे मेनटुल गेडक रिन्पोछे, विषेश अतिथि पुर्व मन्त्रि तथा प्रदेश सभा सदस्य माननीय रत्न ढकाल, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा(संसार), लोपेन गुरु सोनाम लामा, स्थानीय राजनितिका दलका नेताहरु, लामा गुरु तथा आनीहरु कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्यहरु लगायत भक्तजनहरुको उपस्थिति रहेको थियो ।










