काठमाडौं । गायक रिजन थिङको नयाँ गीत सार्वजनिक भएको छ। धन राज लामा र सुरज वाइबाको शब्द तथा धन राज लामाको संगीतमा ‘क्युङ्बा कालाङ्सी २’ बोलको तामाङ गीत सार्वजनिक गरेका हुन्।
प्रेमभाव समेटिएको उक्त गीतमा एरेन्ज जोगलाल लामाको रहेको छ। गायक थिङलाई गायनमा चर्चित सेलो गयिका जितु लोप्चनले साथ दिएकी छिन्।


गीतमा अर्पण थिङको मिक्सिङ तथा रेकर्ड रहेको छ । अर्पण रेकर्ड स्टुडियोमा रेकर्ड भएको गीतको प्रोडुसर रोशनी भोम्जन रहेका छन् ।
गीत बिहिबार सगुन मिडिया युट्युबबाट सार्वजनिक गरेको हो ।










