काभ्रे । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उपाधि चितवन जिल्लाले हात पारेको छ । वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको प्रतियोगितामा २१ स्वर्ण, १९ रजत र १४ कास्य पदक जित्दै चितवनले उपाधि हात पारेको हो ।

विजेता चितवनले शिल्डसहित नगद १ लाख रुपैँया प्राप्त गरेका छन् । चितवनले फागुन २८ गतेबाट सुरु भएको फुटवल, भलिवल, वाक्सिङ, तेक्वान्दो लगायत ८ खेलको लागि १५ दिन चलेको प्रतियोगिता काठमाडौँलाई पछि पार्दै उपाधि रक्षा गरेका छ ।

उपविजेता काठमाडौँले १९ स्वर्ण, ६ रजत र ७ कास्य पदक जित्दै ट्रफीसँगै नगद ८० हजार रुपैँया प्राप्त गरेको छ । त्यस्तै तेस्रो भएको ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कास्य पदक जितेका छन् ।

संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विजयी टिम र खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

बागमती प्रदेशका खेलकुद मन्त्री रत्न ढकालले चितवनमा भलिबल र क्रिकेट, काभ्रेमा महिला फुटबल र बक्सिङ, मकवानपुरमा पुरुष फुटबल, तेक्वान्दो र व्याडमिन्टन, सिन्धुपाल्चोकमा कराते र काठमाडौंमा एथ्लेटिक्स प्रतियोगिता सञ्चालन गरेको जानकारी दिए ।

मन्त्री ढकालका स्वकीय सचिव पदम तामाङका अुनसार प्रतियोगिता फागुन २८ गते मकवनपुरको हेटौँडा–५ स्थित् पिप्ले रंगाशालाबाट सुरु भई चैत १२ गते काभ्रेको धुलिखेलमा समापन भएको हो ।
प्रतियोगिताका स्वर्णपदक विजेतालाई जनही ५ हजार, रजतलाई ४ हजार र कांस्य पदक विजेतालाई जनही ३ हजार प्रदान गरिएको छ ।

सर्वोत्कृष्ट खेलाडीमा पुजा घोषित
प्रदेश खेलकुद प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा मकवनपुरकी पुजा लामा घोषित भएकी छन् । सर्वोत्कृष्ट भएकी लामाले ट्रफीसँगै नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।

लामा मकवनपुरको महिला फुटवल खेलाडी हुन् । उनैको टिम मकवनपुरले शनिबार काभ्रेमा भएको फानइल खेलमा धादिङलाई ०–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक हात परेको थियो । मकवानपुरका लागि गोल भने सञ्जीता बम्जनले गरेकी थिइन् ।

प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम र योजना सञ्चालन गरिरहेको बताए । उनले खेलकुदलाई स्वास्थ्य र मनोरञ्जनको रुपमा मात्रै नभई व्यावसायिक रुपमा नै अघि बढाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय