महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा सातौं अध्यक्ष कप प्रतियोगिता सम्पन्न भएको छ ।
महाभारत गाँउपालिकाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको ब्याबस्थापनमा यहि मंसिर १५ गते (सोमबार)बाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड तथा सातौं अध्यक्ष कप प्रतियोगिता बिहिबार सम्पन्न भएको हो ।


खेलकुद प्रतियोगितामा जनकल्याण माविले १४ स्वर्ण, ७ रजत, २ कास्य, ग्रामोन्नती माविले ८ स्वर्ण, २ रजत, ४ कास्य, गोकुले माविले ३ स्वर्ण, ७ रजत, ६ कास्य, जनमोहन माविले २ स्वर्ण, ३ रजत, ५ कास्य, ज्योति माविले १ स्वर्ण, २ रजत, २ कास्य, कालीदेवि माविले ३ रजत, ४ कास्य, भैरव माविले २ रजत, ४ कास्य र सिद्धेश्वर माविले २ रजत, ३ कास्य जितेका छन् ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले राष्ट्रपति रनिङ शिल्ड तथा सातौं अध्यक्ष कप प्रतियोगितामा सहाभागि भई प्रथम, दोस्रो, तेस्रो, चौथो तथा सहभागी हुने टिमहरु सबैलाई बधाइ दिदै उत्साह जनक सहभागी सम्पुर्ण टिम तथा सहयोगी सबैलाइ बिशेष धन्यवाद व्यक्त गरेका छन् । साथै अध्यक्ष जिम्बाले बिहिबार देखि उपाध्यक्ष कप प्रतियोगिता सुरु भएको र हुदै गरेको उपाध्यक्ष कपको जीतको लागि प्रतिस्पर्धी सम्पुर्ण टिमलाई अग्रिम शुभकामना व्यक्त गरेका छन् ।
सम्पन्न समाहरोहमा प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, विषेश अतिथि महाभारत गाउँपालिका अध्यक्ष कानछालाल जिम्बा (संसार), उपाध्यक्ष सागर मोक्तान, वडाका वडा अध्यक्ष, जनप्रतिनीधिहरु, स्थानीय राजनीतिका दलका नेताहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक,शिक्षिकाहरु, विद्यार्थीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।










