काठमाडौं । काठमाडौंको विशाल बजारबाट एक युवतीलाई अपहरण गरेर बन्धक बनाइएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. १ दुबी घर भई हाल काठमाडौंको डल्लुमा डेरा गरि बस्ने १६ बर्षिया कान्छीमाया भोलोनलाई अपहरण गरेको हो ।

शनिबार साँझ ८ बजे विशाल बजारबाट काम गरेर कोठा फर्किने क्रममा सडकबाट नै अपहरण गरेको परिवारिजन बताए । संगै रहेको कान्छीमाया की साथी उर्मा जिम्बालाई समेत ज्यान मार्ने धम्की दिएर बा ०५९ प १७५८ नम्बरको मोटरसाइकलमा आएको व्यक्तिले जर्बजस्ती अपहरण गरि लागेको उन दाई प्रेम भोलोनले ग्लोबल खबरलाई बताए ।

कान्छीमायालाई काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ आपटार घर भएका मोहनलाल मगरले अपहरण गरेर लगेको हुन सक्ने परिवारजनले आशंका गरेका छन् । कान्छीमाया भोलोनलाई ९ महिना पहिले मोहनलाल मगर लागेका थिए तर विवाह गर्ने उमेर नपुगेको भन्दै पारिवारिक सहमतीमा फिर्ता ल्याएको थियो ।

बहिनीको अपहरण भएको भन्दै जनसेवा प्रहरी कार्यालय विशाल बजारमा उनका दाई प्रेम भोलोन उजुरी दिएका छन् । अपहरण गरेर बन्धक भएको भन्ने सूचना पाएपछि जनसेवा प्रहरी कार्यालय विशाल बजारका टोली अनुसन्धानमा परिचालित भएको छ ।परिवारजनले छिटै सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय