काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा सञ्चालन भएको तेस्रो अध्यक्ष गोल्डकप को उपाधि वडा नं. ५ चौंरीले हातपार्न सफल भएको छ ।

मंगलबार र सोमबार सञ्चालन भएको प्रतियोगितामा चौंरीले उपाधि हातपार्न सफल भएको हो । प्रतियोगितामा वडा नं. २ नाग्रेगगर्चेले द्वितिय स्थान हासिल गर्न सफल भएको छ भने वडा नं. ३ माझीफेदाले तृतिय स्थान हासिल गर्न सफल भएको छ ।

वडा नं. १ का वडा अध्यक्ष राजु आले तामाङ र माओवादी केन्द्रका नेता ज्ञानु लामाको मुख्य नेतृत्व र वडा नं. ५ का वडा अध्यक्ष राजकुमार गौतमको व्यवस्थापनमा यो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रमुख विजेता चौंरीले रु. एक लाख रुपयाँ नगद, शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुन सफल नाग्रेगगर्चेले रु. पचास हजार रुपयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने तृतिय स्थान हासिल गरेको रु. पच्चीस हजार रुपयाँ नगद, शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिता तीर्थ स्मृति खेल मैदान, क्यौरेनीमा भएको थियो । विजेताहरुलाई गाउँपालिका अध्यक्ष दिननाथ गौतमले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले खेलमा अनुशासन पूर्वक भाग लिएकोमा सबै खेलाडीहरुलाई धन्यवाद दिएका थिए । आगामी दिनहरुमा पनि यसरी आफ्नो प्रतिभा देखाउन उनले अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय