महाभारत, काभ्रे । विगत १ वर्षदेखि शरिर कम्जोर हुने र टिभि रोगको औषधी खाइरहेको काभ्रेको महाभारत गाउँपालिका– १ धाप निवासी ५० बर्षिय भिम बहादुर सिंतानलाई देश विदेशबाट सहयोग प्राप्त भएका छन् ।

हेमलाल योन्जनको विषेश पहलमा मलेसियाबाट हेमलाल योन्जनले आरएम १२१, प्रदिप थामीले आरएम १११, राज राईले आरएम १०५, प्रमोद थामीले आरएम १०१, सुमन मोक्तानले आरएम ७१, राजु थामीले ६५, युनिक स्याङतानले आरएम ५५, लाल बहादुर बोम्जनले आरएम ५१, राम गोलेले आरएम ५१, प्रेम भोलनले ५१ र खेम थापाले आरएम ४० गरि कुल नेपाली ३० हजार ३ सय ८२ सहयोग गरेका छन् ।

त्यस्तै, नेपालमा रहेका शुवास गोले रु १ हजार र रोशन तामाङले रु २ हजार सहयोग गरेको छन् ।

संचारकर्मी अमृत योन्जनले ग्लोबल खबरमा पीडित सिंतानको भिडियो मार्फत आर्थिक सहयोगको अपिल गरेपछि देश विदेशबाट सहयोग जुटेको हो ।

सिंतानको उपचारको लागि हस्पिटल जान समेत आर्थिक नभएकोले सहयोगको अपिल गरेको हो । परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

थप सहयोग गर्न इच्छुक दाताहरूले ग्लोबल खबरको अमृत योन्जनलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

नाम : अमृत योन्जन
बैंक : लक्ष्मी सन्राइज बैंक
खाता न : ०६२०५३१८०८२०५००२
सम्पर्क नं : ९८४१५०२८९७

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय