काठमाडौँ । इरानको प्रतिनिधिमण्डल अमेरिकासँग वार्ताका लागि इस्लामाबाद पुगेको छ । इरानको सरकारी मिडियाले जनाएअनुसार, अमेरिकासँग हुने शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको हो ।

बीबीसी उर्दूका अनुसार, पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको पुष्टि गरेको छ । स्थानीय मिडियाका अनुसार नूर खान विमानस्थलमा इरानी प्रतिनिधिमण्डलको स्वागत गरिएको थियो ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले उनीहरूको स्वागत गरेका थिए । यस अवसरमा राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिक, सेना प्रमुख फील्ड मार्शल सैयद आसिम मुनीर र गृहमन्त्री सैयद मोहसिन रजा नक्वी पनि उपस्थित थिए ।

इरानको सरकारी टेलिभिजनको टेलिग्राम च्यानलका अनुसार, यस प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन् ।

रिपोर्टका अनुसार उनीसँगै इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषदका सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासिर हेम्मती तथा ईरानी संसदका अन्य सदस्यहरू पनि सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय