
जापान । नेपाल तामाङ समाज जापान क्यूस्यु क्षेत्रीय समितिको अध्यक्षमा पुनः आशिष योन्जन तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
फुकुओकामा मार्च २ तारीख शनिबार सम्पन्न नेपाल तामाङ समाज जापान क्यूस्यु क्षेत्रीय समितिको चौथो अधिवेशनले अध्यक्षमा पुनः आशिष योन्जन तामाङलाई सर्वसम्मत निर्वाचित गरेको हो ।


अधिबेशनले उपाध्यक्षमा नानी मैया तामाङ र बिक्रम घिसिङ तामाङ, सचिवमा नयन कुमार तामाङ, सह सचिवमा असल मोक्तान तामाङ र ललिता तामाङ, कोषाध्यक्षमा सृजना तामाङ र सह कोषाध्यक्षमा बिशाल जिम्बा तामाङ चयन गरेका छन् । त्यस्तै सदस्यहरुमा शुभेच्छा तामाङ, सन्तोष लामा तामाङ, जित बहादुर लोप्चन, युबराज लामा तामाङ, राजु सिंह तामाङ, कृष्ण तामाङ, रजिन तामाङ र पूर्ण गोले तामाङ निर्वाचित रहेका छन् ।
नेपाल तामाङ समाज जापानको केन्द्रीय अध्यक्ष रूबिना तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनले उक्त क्षेत्रको सल्हाकार र संरक्षक पनि चयन गरेको छ । अधिवेशनबाट निर्वाचितहरूलाई प्रमुख अतिथिले सपथ ग्रहन तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यसैगरी बिष्णु बहादुर तामाङ र सुपेन्द्र घिसिङ संरक्षक रहेको समितिमा सल्लाहकारहरु हस्त लामा,अनिश लामा, शहदेव लामा र उमेश लामा रहेका छन् ।