काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक टि २० आई क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी पीएनजीलाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल च्याम्पियन बनेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो । यससँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक सिरिजको उपाधि जितेको छ । यस्तै नेपालले अपराजित रहदै सिरिजको उपाधि जितेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । दिपेन्द्र र करणले अन्तिम २४ बलमा ५४ रन जोड्दै नेपाललाई राम्रो स्कोरमा पुर्याएका हुन् । यस्तै ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो । तर १२ औं ओभरमा विना कुनै रन जोड्दा नेपालले ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो । सेमो कमेअको ओभरमा नेपालले एक रन नजोडी ३ विकेट गुमाएको हो ।

आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दा १५ रन बनाएर आउट भए । पीएनजीका कमेअले आफ्नो ४ ओभर बलिङ गर्दै १ मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै चाड सोपर, काबुअ मोरेय र रिले हेकुरेले समान १/१ विकेट लिए ।यसअघि पपुवा न्युगिनीले कीर्तिपुर मैदानमै सम्पन्न दुई खेलको एकदिवसीय श्रङ्खला २–० ले जितेको थियो । नेपालले पहिलो एकदिवसीय खेल ६ रनले तथा दोस्रो एकदिवसीय खेल ३ विकेटले गुमाएको थियो ।

लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो । दुई ओडिआई खेलको सिरिजमा भन पपुवा न्युगिनीले क्लिनस्विप गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय