काभ्रेपलान्चोक । प्रहरीको आग्रहलाई बेवास्ता गर्दै बीपी राजमार्गमा सवारी चलाउने पाँच चालकलाई नियन्त्रणमा लिइएको छ ।

यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्‍याइ सवारी चलाएको आरोपमा ५ चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकले जनाएको छ ।

सोमबार साँझदेखि अविरल परेको पानीको कारण रोशी खोलाको बहाव बढ्न गई रोशी खोलाको बिच भागमा फसेका पाँचवटा माइक्रो बसका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा उद्धार गरी गन्तव्यसम्म पुर्‍याएको थियो ।

साँझ ६ बजेको समयमा पूर्वबाट काठमाडौँ तर्फ आउदै गरेको बा ४ ख ५२६१, बा ४ ख ६३५५,बा ५ ख ३१५८,बाग्मती प्रदेश ०१-००६ ख ७५९६ र बाग्मती प्रदेश ०८(००१ ख ००७७ नम्बरको ५ वटा इभL हाईस रोशी खोलामा फसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय