काठमाडौंः केही समय युद्धविराम र मत्थरिएको अवस्थामा रहेको पश्चिम एसिया युद्ध फेरि नयाँ चरणमा प्रवेश गरेको संकेत देखिएको छ। आफ्नो देशमा आक्रमण भएको भन्दै इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको बताएको छ।

अमेरिकाले गरेको नयाँ आक्रमणको बदलास्वरूप स्ट्रेट अफ होर्मुजमा दुई जहाजहरूलाई पनि निशाना बनाएको इरानले स्वीकार गरेको छ। बिहीबार बिहानै बहराइनको शेख इसा र कुवेतको अली अल सलेम र अहमद अल–जबेर एयरबेसहरूमा ड्रोन आक्रमण गरिएको इरानले दाबी गरेको छ।

अमेरिकाले एप्रिल युद्धविरामको ‘बारम्बार उल्लङ्घन’ गरेको आरोप लगाउँदै इरानको रेभोलुस्नरी गार्डले स्ट्रेट अफ होर्मुज ‘अर्को सूचना नभएसम्म बन्द’ गरिएको घोषणा गरेको छ। यसले तेल ट्याङ्कर र व्यावसायिक जहाजहरूसहित जलमार्गमा सबै आवागमन प्रभावित हुनेछन्।

अमेरिकाले आफ्नो केन्द्रीय कमाण्डले इरानभित्रका विभिन्न निशानाहरूमा नयाँ आक्रमणको घोषणा गरेको थियो। अमेरिकी सेनाले आक्रमणहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा र ‘इरानको अनुचित र निरन्तर आक्रामकताको प्रतिक्रियामा’ भएको दाबी गरेको छ। अमेरिका–इरान तनाव बढेको केही दिनपछि इजरायल र इरानपनि एप्रिल युद्धविराम पछिको सबैभन्दा गम्भीर झडपमा पुगेका छन्।

हर्मुजमा भएको अवरोधले विश्वव्यापी रूपमा तेल र खाद्यान्नको मूल्य बढेको छ। दुई पक्षहरू अप्रत्यक्ष वार्तामा संलग्न भएपनि सम्झौताको सम्भावना भने अझै देखिएको छैन। नयाँ आक्रमणको श्रृंखलाले विश्वलाई नयाँ चरणको खतरनाक द्वन्द्वमा पु¥याउने खतरा बढेको विश्लेषकहरुको बुझाई छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय