काठमाडौं । Mr. Tamang 2024 का विजेता अतित लामाले अभिनय क्षेत्रमा औपचारिक प्रवेश गरेका छन्। उनको अभिनय रहेको तामाङ सेलो गीत ‘काभ्रेली सम्धीको पारा..’ को म्युजिक भिडियो शुक्रबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलन तथा सार्वजनिक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

कार्यक्रममा मम्स् इन्टरनेसनल नेपालकी अध्यक्ष तथा नायिका रञ्जिता ब्लोन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

गीतमा सूर्य लामाको शब्द, आर.बी. लामाको संगीत तथा संगीत संयोजन रहेको छ। कार्साङ लामा र सुमिना लोको स्वर रहेको गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ कार्साङ लामाले नै गरेका हुन्। गीतको रेकर्डिङ परिजात स्टुडियोमा गरिएको हो।

म्युजिक भिडियोमार्फत अतित लामाले पहिलोपटक अभिनय क्षमता प्रस्तुत गरेका छन्। भिडियोमा याङ्गी दोङको आकर्षक अभिनय रहेको छ भने तामाङ चलचित्रका महानायक अमिर दोङको विशेष उपस्थिति रहेको छ। कलाकारहरूको अभिनय, कथा र दृश्य संयोजनले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

भिडियोको निर्देशन आयुष तामाङले गरेका हुन्। छायांकन नविन श्रेष्ठ र कुशल बाखातीले गरेका छन् भने नृत्य निर्देशन निमा जिम्बाले सम्हालेका छन्।

कार्यक्रममा सहभागी अतिथिहरूले अतित लामाको अभिनय यात्राको सफलताको शुभकामना व्यक्त गर्दै तामाङ चलचित्र तथा म्युजिक भिडियो क्षेत्रमा उनले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

‘काभ्रेली सम्धीको पारा..’ ले तामाङ संगीतप्रेमीका साथै आम दर्शक–श्रोताको पनि मन जित्ने अपेक्षा गरिएको छ। म्युजिक भिडियो डम्फू मिडिया हाउसको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय