काठमाडौं । प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर त्यसले छोडेका सम्झनाहरू जीवनभर मनमा बाँचिरहन्छन्। यस्तै अधुरो प्रेम, मौन पीडा र मनभित्र दबिएका भावनाको कथा बोकेको नयाँ नेपाली म्युजिकल फिल्म ‘निरमाया’ २०८३ असार ३० गते (जुलाई १४, २०२६) सार्वजनिक भएको छ।

DMN Studio को प्रस्तुतिमा निर्माण भएको ‘निरमाया’ केवल एउटा गीत मात्र नभई प्रेम गरेर पनि आफ्नो बनाउन नसकेका मनहरूको भावनात्मक कथा हो। समयले छुट्याएका दुई मन, विगतका तिता–मिठा सम्झना र व्यक्त गर्न नसकिएका भावनालाई म्युजिकल फिल्ममार्फत मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा गायक सुबिन सेन्चुरी र गायिका  सलिना बी.के.को भावपूर्ण स्वर रहेको छ। गीतका शब्द कृष्णराज भण्डारीले लेखेका हुन् भने संगीत तथा संगीत संयोजन सुबिन सेन्चुरीले गरेका छन्।

म्युजिकल फिल्ममा सुबिन सेन्चुरी र बिनिता गिरी मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको अभिनयले अधुरो प्रेम र सम्बन्धभित्र लुकेका भावनालाई जीवन्त बनाएको छ। पार्वती भुसाल र रोजिना श्रेष्ठको विशेष उपस्थितिले कथालाई थप प्रभावशाली बनाएको छ।

फिल्मको निर्देशन मेघराज DLEले गरेका हुन्। भिडियोमा निर्देशक छायांकन डेनिश खनाल, सिनेमाटोग्राफी सिद्धार्थ सिंह, सम्पादन मेघराज DLE तथा कलर ग्रेडिङ आलोक वाग्लेले गरेका छन्।

संगीत संयोजनमा राहुल विश्वकर्माको गिटार, हिमत कान्छा रसाइलीको सारंगी, रत्न बी.के.को बाँसुरी तथा अनिल मगरको मादल वादन सुन्न सकिन्छ। Mood on Music मा तयार गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ शाश्वत श्रेष्ठले गरेका हुन्।

सार्वजनिक भएसँगै ‘निरमाया’ले प्रेममा चोट बोकेका, कसैलाई सम्झेर मौन बसिरहेका र विगतका यादबाट बाहिर निस्कन नसकेका धेरै दर्शकको मन छुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

कतिपय सम्बन्धहरू जीवनभर साथ रहँदैनन्, तर तिनले छोडेका सम्झनाहरू भने सधैं मनमा बाँचिरहन्छन्। ‘निरमाया’ त्यही अनुभूति बोकेको म्युजिकल फिल्म हो, जहाँ प्रेम अन्त्य भएजस्तो देखिए पनि भावना अझै जीवित रहन्छ।

‘निरमाया’ Subin Century को आधिकारिक YouTube च्यानलमार्फत हेर्न सकिन्छ। निर्माण पक्षले भिडियो हेरेर प्रतिक्रिया दिन तथा नेपाली मौलिक संगीतलाई माया र सहयोग गर्न सम्पूर्ण दर्शकसमक्ष अनुरोध गरेको छ।

भिडियो 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय