काभ्रे । काभ्रेको धुलिखेलस्थित् ‘डीन कप’ को तेस्रो संस्करण सुरु भएको छ । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्स स्टुडेन्ट वेलफियर काउन्सिल (केयुएसएमएस–एसडब्लुसी)ले आयोजना गर्दै आएको कप शुक्रबारदेखि सुरु भएको हो ।

केयुएसएमएस–एसडब्लुसीकाका अध्यक्ष सुदिप जयसवालले विद्यार्थीहरुको उर्जा, सृजना र प्रस्तुतिलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘डीन कप’को उद्घाटनको पहिलो दिन म्याराथुनबाट सुरु गरिएको बताए । उनले धुलिखेलको सरस्वती बजारदेखि भट्टेडाँडासम्म ६.५ किलोमिटरको म्याराथुन प्रतियोगिता सुरु गरिएको बताए ।

अध्यक्ष जयसवाका अनुसार शनिबारदेखि फुटबल, क्रिकेट, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष), रिले रेस, ब्याटमिन्टन, टेवल टेनिस, चेस हुनेछ । त्यस्तै डान्स एण्ड सिंगीङ, फोटोगा्रफी, हजारी जवाफ, इजी राइटिङ, छोटो कथा लेखन, पेन्टिङ एण्ड स्केचिङ लगायतका २० वटाभन्दा बढी प्रतियोगिता हुने छन् ।

केयुएसएमएस–एसडब्लुसीका उपाध्यक्ष इन्दु पौडेलले ‘मानवता, गतिविधि र समृद्धिको लागि एकता’ भन्ने मुल नारासहित डीन कप आयोजना गरिएको बताइन् । उनले डीन कपमा केयु, टियु र धरान लगायत देशभरका १३ वटा मेडिकल कलेजका १ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागी रहेको जानकारी दिइन् ।

उपाध्यक्ष पौडेलले धुलिखेल रंगशालनमा फुटबल र केयूको खेलमैदानमा क्रिकेट, व्याडमिन्टन लगायतको खेलहरु सञ्चालन हुने बताईन् । केयुएसएमएस–एसडब्लुसीका सदस्य देवन धमालाले प्रतियोगितामा विजयी कलेजलाई नगद सहित डीन कप र प्रमाणपत्र दिईने जानकारी दिए । उनले विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्यमा प्राप्त नम्बरको आधारमा विजेता घोषण गरिने बताए ।

प्रतियोगितामा खेलाईको खेल अनुसार पदकहरुमा फरक–फरक नम्बर दिइएको छ । प्रतियोगितामा विजेता खेलाडीलाई व्यक्तगत रुपमा नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाईएको छ । प्रतियोगिता बैशाख १६ गतेसम्म चल्नेछ । उद्घाटन सत्रमा साँस्कृतिक कार्यक्रम समेत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय