महाभारत, काभ्रे । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले काभ्रेले जिल्लाको डाँडापारी महाभारत गाउँपालिकाका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ ।

एमालेले महाभारत गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हो । पालिका कमिटीको बैठकले अध्यक्षमा पुर्ण बहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङ राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पछिल्ला दिनहरूमा महाभारत गाउँपालिकामा कांग्रेस, माओवादीलगायतका दलहरूका नाम चलेका नेताहरू एमालेमा प्रवेश गरेपछि चुनाव सजिलै जित्ने भन्दै उनीहरूलाई सर्वसम्मत उमेदवार बनाइएको एमालेका महाभारत गाउँपालिका अध्यक्ष जगत मोक्तानले जानकारी दिए। वाइबा र मगर दुबै नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेता हुन ।

महाभारतमा पार्टीको सांगठनिक काम र योजनाका काम एमालेले गरेको भन्दै अत्यन्तै उत्साहजनक तरिकाले अगाडि बढेकाले जित सहज रहेको एमाले महाभारतले दाबी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय