
काभ्रे । जिल्लामा दुईजनाले इजाजतप्राप्त हतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशनअनुसार दुईजनाले हतियार बुुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले गत चैत सोमबार स्थानीय तहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भएपश्चात् पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको थियो ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडालेकाभ्रेमा दुईवटा इजाजतप्राप्त हतियार रहेको र दुवै हतियार प्रहरीले बुझिसकेको जानकारी दिए ।
‘जिल्लामा इजाजतप्राप्त हतियार दुईवटा रहेको छ । दुवै हतियार प्रहरी कार्यालयमा बुझाइसकेका छन्,’ उनले भने, ‘एउटा हतियार प्रहरी चौकी ढुङखर्कमा र एउटा जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाउन आएको छ ।’