धुलिखेल, काभ्रे । ‘डीन कप’ तेस्रो संस्करणमा फुटबलतर्फ बिराट मेडिकल कलेज (विएमसी), मोरङ र नेपालगञ्ज मेडिकल कलेज (एनजेएमसी)ले विजय भएका छन् । शनिबार धुलिखेल रंगशालामा भएको खेलमा विएमसी ४–२ काठमाण्डौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (केयुएसएमसी ‘बी’) र (एनजेएमसी)ले १–० काठमाडौँ मेडिकल कलेज (केएमसी)लाई पराजित गर्दै विजय सुरुवात गरेको हो ।

बिएमीको लागि टेकराज ओलीले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । अविजित कोइरालले दुई गोल गरी बिएमीको लागि गोल संख्या ५ पु¥याएका थिए । त्यस्तै केयुएसएमसी ‘बी’को तर्फबाट अनिल गिरी र प्रवेशले एक/एक गोल गरेको थियो ।

आजै भएको अर्को खेलमा केयुएसएमसी ‘ए’ धुलिखेल र मणिपाल मेडिक कलेजबिचको खेल २/२ गोलको बराबरी खेलेको छ भने ईन्स्टिच्युट अफ मेडिसिन (इओएमसी) र नेपाल मेडिकल कलेजले १/१ गोलको बराबरी खेलेका छन् ।

महिला भलिबलतर्फको खेलमा बिएमसीले किड्स मेडिकल कलेजलाई हराएको छ । बिएमसीले २५–१० र २५–५ को सोझो सेटमा किड्सलाई हराएको हो । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्स स्टुडेन्ट वेलफियर काउन्सिल ९केयुएसएमएस–एसडब्लुसी०का सदस्य देवन धमालाले आइतबार किड्स, लुम्बिनी, नोवेल लगायतका मेडिकल कलेजहरुबिच खेल हुने जानकारी दिए ।

विजेतलाई ५० हजार
उनले प्रतियोगिताको विजेता टोलीले पुरस्कार स्वरुप नगद ५० हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए । उनका अनुसार हरेक गेममा म्यान अफ म्याचले नगद र मेडल समेत पाउने छन् ।

लिगकम नकआउटको आधारमा खेलाईको प्रतियोगितामा ११ वटा कलेजका १२ टिम सहभागी छन् । ‘डीन कप’ को तेस्रो संस्करण केयुएसएमएस–एसडब्लुसी धुलिखेलले आयोजना गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय