विपीन दाहाल, खानीखोला, काभ्रे । खानीखोला गाउँपालिकामा बाम–लोकतान्त्रिक गठबन्धनले आजबाट चुनावी अभियन सुरु गरेको छ । शनिबारबाट गठबन्धनबाट खानीखोलाको अध्यक्ष र उपाध्यक्ष पदका साझा उम्मेदवार लगायत स्थानिय निर्वाचन नजिकीदै गर्दा उनीहरु घर दैलोमा पुगेको हो ।

अभियनको पहिलो दिनमै जनताले गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ र उपाध्यक्ष पदका उम्मेदवार दोर्जेमान जिम्बा लगायतको टोलीलाई खानीखोला–५ का स्थानीयले दुध खवाएर तथा फुलमाला लगाएर भव्य स्वागत गरका छन् ।

यसैक्रममा स्थानीय ७२ वर्षीय एक बृद्धाले उम्मेदवारद्धयलाई दुध खुवाएर आर्शिवाद दिँदै जनताको भरोसा र आशा गरेको व्यक्तिहरु भएकोले जितको शुभकामना समेत दिएका थिइन् ।

अभियन सुचारु गरेसँगै बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि गठबन्धनका गाउँपालिकाको अध्यक्ष छिन्ताङ र उपाध्यक्ष जिम्बासँगै सबै वडाका उम्मेदवार घर–घर गई भोट माग्न शुरु गरेका छन् ।

आफुहरुले चुनाव जिते खानीखोलाको शिक्षा, स्वास्थ्य, पुर्वाधारसँगै खानीखोलाबासीलाई उत्पादनमा जोडी आम जनताको आर्थिक तथा समाजिक जीवनस्तर उकास्ने लगायतका आवश्यक सम्पुर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खानीखोलमा गठबन्धन ‘हामी बनाउँछौँ, हाम्रो खानीखोला’ भन्ने मुला नाराका साथ चुनावी अभियनमा होमिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय