महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा बाम-गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । सुरुआती अग्रता लिएको सो पार्टीले हालसम्म अग्रता कायमै राखेको छ । मतगणना सम्पन्न भएका ५ वडा मध्ये २ वटा वडा समेत जितेको छ ।

गाउँपालिका अध्यक्षमा बाम- गठबन्धनको नेकपा माओवादी केन्द्रबाट कान्छालाल जिम्बा (संसार) ले २ हजार ८९५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका पुर्ण बहादुर वाईबाको पक्षमा १ हजार ८७९ मत आएको छ ।

उपप्रमुखमा नेकपा एमालेका उमेदवार शान्ति तितुङ राना मगरले ७ सय ६७ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेसका सागर मोक्तानको पक्षमा २ हजार ५७७ मत आएको छ । नेकपा एकीकृत समाजवादीका धन बहादुर आलेको पक्षमा ५० मत प्राप्त भएको छ।

वडा नं. १ को अध्यक्षमा नेकपा माओवादी केन्द्र कान्छामान जिम्बा ( रोहित ) निर्वाचित भएका छन् । वडा नंं २ मा नेपाली कांग्रेसका उमेदवार पदम बहादर मोक्तान निर्वाचित भएका छन् ।

वडा नं. ३ मा नेपाली कांग्रेसका कार्साङ लामा निर्वाचित भएका छन् । वडा नं. ४ मा माओवादी केन्द्रका विशाल मोक्तान विजयी भएका छन । वडा नं. ५ मा मत गणनामा केही विवाद भए पछि हाल वडा अध्यक्षको मात्रै मत गणना भइरहेको छ । अन्य उम्मेदवारहरुको गणना भइसकेको मतलाई नै मान्यता दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय