काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप परिवर्तनको लागि मुलुकको अभिभावकीय संस्थाका रूपमा राजा राख्न प्रस्ताव गरेको छ ।

धुलिखेलमा जेठ १८ र १९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था गर्न माग गरेको हुन् ।

‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीयस्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद्, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने, तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा उठाउनेछ’ बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

अध्यक्ष लिङ्देनको प्रस्तावलाई आगामी केन्द्रिय कार्य समितिको बैठकबाट अनुमोदन गरी औपचारिक रूपमा अघि बढाइने बताएका छन् ।

उनले स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरेको दाबी गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उपयुक्त र लोकप्रिय उम्मेदवारहरू समयमै छनौट गर्नु समेत आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय