काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

साह प्रचण्डलाई भेट्न शनिबार बिहान उनकै निवास निवास खुमलटार पुगेका हुन् ।

भेटमा प्रचण्डले साहको जीत ठूलो क्रान्ति भएको बताए । उनलाई बधाई दिँदै प्रचण्डले जनअपेक्षा बुझेर काम गर्न सुझाव दिएका छन् ।

यसअघि मतगणना जारी रहँदा साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

उनले केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन् ।

यसअघि महानगरप्रमुख निर्वाचित भएलगत्तै साहले सैनिक मुख्यालय पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय