काभ्रे । काभ्रे बेथानचोक प्रेस सेन्टर नेपाल बेथानचोक गाउँ पालिका स्तरिय कमिटिले नव निर्वाचित जनाप्रतिनिधिहरुलाई सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा पालिका अध्यक्ष भगवान अधिकारी उपाध्यक्ष तारा राणा तिमल्सिना लगाएत ६ वटा वडाका वडा अध्यक्षहरुलाई सम्मान गरेको छ । १ नं. वडाका मधुसुदन तिमल्सिना २ नं. पुरुषोतम तिमल्सिना ३ नं. कुबेर ढकाल ४ नं. कृष्णा बहादु्र लामा ५ नं. राजकुमार वाईवा ६ नं. बिष्णु तामाङ लगायतलाई सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्नु हुदै पालिका अध्यक्ष भगवान अधिकारी ज्युले पत्रकारले आफ्नोे आचर संहितामा रहि काम गरियो भने स्थानिय सरकार होस या केन्द्रीय सरकार पे्रस संग जहिले पनि सहकार्यमा काम गर्ने प्रतिवद्ता समेत गर्नु भएको छ ।
त्यसै गरि उक्ता सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल वागमाती प्रदेश अध्यक्ष यदुनाथ गौतम (देउपुरे ज्यु) र प्रेस सेन्टर नेपाल काभ्रेको उपाध्यक्ष एवंम बेथानचोक गाउँ कमिटि इन्चार्ज नवराज अधिकारी ज्यु लगायतको उपस्थितिमा सो सम्मान कार्यक्रम सम्पन्ना भएको छ ।
त्यस सम्मान कार्यक्रम सञचालन भने प्रेस सेन्टर नेपाल बेथानचोक गाउँ कमिटीको सचिव मेनुका तामाङले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय