![](https://globalkhabars.com/wp-content/uploads/2022/06/cv.png)
काठमाडौँ । काठमाडौँ उपत्यकामा भएको रगतको अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले विभिन्न संघ संस्थाको आयोजनामा काठमाडौंको बौद्धमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जीवन दान भन्ने मुल नाराका साथ सोमबार बौद्धमा नेपाल ठ्ङ्गु ल्हाक्सम, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्ध तामाङ कल्याण गुठी, नेपाल तामाङ कलाकार सांस्कृतिक समाज,बौद्ध भेटरान क्लब र बौद्ध टुसाल टोल सुधार समिति लगायत संघ संस्थाको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।
![](https://globalkhabars.com/wp-content/uploads/2024/02/Chhar-Nepal-Construction-Pvt.-Ltd.-247x300.jpg)
![](https://globalkhabars.com/wp-content/uploads/2024/07/MAHABHARAT-GAUPALIKA-BIPAT-240x300.jpg)
कार्यक्रममा बोल्दै काठमाडौं महानगर पालिका वडा ६ का अध्यक्ष भुवन लामाले रक्तदान कार्यक्रम परोपकारी कार्य भएको बताउँदै यसलाई निरन्तरता दिन आयोजकलाई आग्रह गरे । सामाजिक कार्य निरन्तर हुनुपर्ने बताउँदै उनले यस्ता खालका कार्यक्रमहरुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरे ।
तामाङ कल्याण गुठीका अध्यक्ष खड्कजित लामाको सभापतित्व र चन्द्रजित मोक्तानको संयोजकत्वमा भएको उक्त कार्यक्रममा जयमंगल लामा,वीर बहादुर लामा, लाक्पा शेर्पा ,साङ्गेल शेर्पा ,माया डोल्मा लामा,उपेन्द्र खनाल,विवेक लामा ,साङ्गे धोर्जे लामा, भुईसाल लामा ,ऋतुराज लामा, कर्म शेर्पा लगायतको सहभागिता रहेको थियो ।
साथै, कार्यक्रममा रक्तदानमा सहभागीलाई धन्यवादसहित प्रमाणपत्र वितरण गरेको थियो ।