🔹जीवन तामाङ
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित गोसाइँकुण्डमा आज शुक्रबार बिहानदेखि जनैपूर्णिमा मेला लागेको छ । सो मेलामा रक्षाबन्धन गर्ने भक्तजन र तागाधारीले जनै फेर्न साथै धामीझाँक्रीको भीड लागेको हो ।

वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

शारिरीक अस्वस्थ र बालबृद्धाका कारण रसुवाको गोसाइकुण्ड पुग्न नसकेकाले विहानदेखि आएर यहाँ स्नान गर्ने र ब्राह्मणहरुले जनै र डोरी फेर्ने गरेको पाइन्छ । जंगलको बीच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नाले पनि गोसाईकुण्ड गए जत्तिकै लाग्ने गरेको पाइन्छ । आजको दिन गोसाइँकुण्डमा २१ कुलपृत्रीको समेत उद्धार हुने धार्मिक विश्वास रहेको छ ।

सो स्थानबाट पवित्र नैमिषारण्या क्षेत्रसमेत नजिकै पर्छ यसबाहेक जिल्लाको पोखरी नारायण स्थानलगायतका शक्तिपीठमा पनि जनैपूर्णिमाको अवसरमा भीडभाड बढेको छ । सो स्थानमा बनेपाको पुडोलबाट झन्डै आधा घन्टा पैदलयात्रामा पुगिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय