काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि काभ्रेको डाँडापारी जाँदै छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम ऐतिहासिक गाउँपालिका सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्न प्रचण्ड काभ्रेको डाँडापारी अन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा एकै दिनमा जान लागेका हुन् ।
महाभारत गाउँपालिको ऐतिहासिक गाउँपालिका सम्मेलन बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि १२ बजे खानीखोलाको सम्मेलन उद्घाटन गर्ने कार्यक्रम तयार भएका छन् ।
अध्यक्ष प्रचण्ड काभ्रेको डाँडापारि अन्तर्गत महाभारत गाउँपालिकामा २०७४ माघ १८ पुगिसकेको छ । तर खानीखोला गाउँपालिकामा भने पहिलो पटक हो ।