
काभ्रेः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७–० फराकिलो गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गरेको छ ।
स्याङ्जाको वालिङमा बागमतीको जितमा पुजा लामा र सुजिता लामाले २/२ गोल गर्दा मनिसा थापा मगर र कुमारी तामाङले समान एक एक गोल गरेका छन् । लुम्बिनीका आकृति वलीले भने आत्त्माघाती गोल गरेकी थिईन् ।


खेलको २५ औँ मिनेटमा बागमतीले सुजिताको गोलबाट आग्रता लिइएको थियो । त्यसको केही सेकेण्डमा लुम्बीनीकी आकृतिले आत्मघाती गोल गर्दा बागमतीले २–० को आग्रत बनाए ।
खेलको २९ औँ मिनेटमा बागमतीकै पुजाले टिमको लागि तेस्रो गोल गरिन् । त्यस्तै खेलको ३७ औँ मिनेटमा मनिसा थापा मगरले टिमको लागि चौथो गोल थपे ।
खेलको ३८ औँ मिनेटमा पुजाले व्यक्तिगत दोस्रो गर्दै पहिलो हाफमै समुहका लागि पाँचौ गोल गरिन् । दोस्रो हाफको ७६ औँ मिनेटमा कुमारीले टिमको लागि छैटौँ गोला गर्दा खेलको ८१ औँ मिनेटमा सुजताले व्यक्तिगत दोस्रो तथा टिमको लागि सातौँ गोल गरी टिमको जित सुनिश्चित गर्न सफल भईन् ।
यसअघिको पहिलो खेलमा नेपाल पुलिस क्लवसँग ५–० ले हार व्यहोरेको बागमतीले दोस्रो खेलमा लुम्विनीलाई हराउँदै विजयी सुरुआत गरेका हुन् ।