काभ्रे । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ विश्वविद्यालयको रजिष्ट्रार कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चतकालिन बन्दको घोषणा गरिएका छ । समयसापेक्ष बिषय र विद्यार्थीहरुले भोगिरहेका समस्या समाधानका लागि विश्वविद्यालयलाई बुझाएको माग लागु नभएको भन्दै रजिष्ट्रार र निर्देशनालयको कार्यालय अनिश्चितकालका लागि बन्दको गरेको हो ।

काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष सुदिन अधिकारी र सचिब विवेक गुरुङको हस्ताक्षरमा जारी विज्ञप्तीमा विश्वविद्यालयले आफुहरूको माग सम्बोधन नगरेको भन्दै अनिश्चितकालीन बन्द गरिएको उल्लेख गरिएको छ ।

विज्ञाप्ति अुनसार अनेरास्ववियुले विश्वविद्यालय प्रशासनलाई पुस ४ गते ५ बुँदे मागपत्र बुझाएको थियो । पुस १३ गते अनेरास्ववियु र विश्वविद्यालय प्रशासनबिच वार्ता कुनै समहमति नभई निष्कर्षहीन टुंगिएको थियो । केयु प्रशासनले शुल्क सम्बन्धी कार्यकारी परिषद्को निर्णयबाट आफुहरू पछि हट्न नसक्ने बताएपछि दुई पक्षबिच सहमति हुन सकेनन् ।

त्यसपछि पुस १६ गतेका दिन दोस्रो पटक अनेरास्ववियु र केयु प्रशासनबिच वार्ता भयो । तर केयु प्रशासनले पुरानै अडान दोहो¥याएसँगै अनेरास्ववियुले रजिष्ट्रार र निर्देशनालयको कार्यालय अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएको विज्ञप्तिमा भनिएको छ । केयु प्रशासनले भने विद्यार्थीका मागका सम्बन्धमा थप गृहकार्य आवश्यक रहेको जनाएको छ ।

कमिटीका अध्यक्ष अधिकारीले आफुले केयु प्रशासनसँग बुझाएको माग पुरा नभएसम्म कार्यालय बन्द रहने र यथाशिघ्र सम्बोधन नगरी वेवास्ता गर्दै अघि बढ्न खोज थप अर्को कदम चल्न बाध्य हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय