काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको डाडाँपारी महाभारत गाउँपालिकाको वडा नम्बर ७ उदाउने भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटना भएको छ ।
बनेपाबाट गोकुले धाप जाँदै गरेको बा ४ ख १९९६ नम्बरको हिमाल तारई यतायातको यात्रुबहाक बस दुर्घटना भएको हो ।


दुर्घटनामा ७/८ जना घाईते रहेका र सबै घाईतेको अवस्था सामान्य रहेको स्थनीय रिपु थिङले बताए ।
घाईतेहरुलाई प्रहरी, स्थानीय र जनप्रतिनिधिको टोली उद्धार गरि स्थानीय बनखु स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।










