काठमाडौं । वागमती प्रदेश सांसद छिरिङ दोर्जे लामाले विद्यालयहरूबीच स्वच्छ प्रतिस्पर्धा र गुणस्तरमा एकरूपता कायम गर्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीको स्वयम्भूमा नेपाल लोकतान्त्रिक संस्थागत तथा निजि विद्यालय शिक्षक संघ निष्टाद्वारा आयोजित काठमाडौं जिल्ला तदर्थ समितिलाई मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद लामाले सामुदायिक विद्यालयको भन्दा संस्थागत अर्थात् निजि विद्यालयको शैक्षिकस्तर राम्रो मानिएपनि सामुदायिक विद्यालयको तुलनामा शिक्षकले पाउनुपर्ने पारिश्रमिक र अन्य सेवा सुविधाका सम्बन्धमा सरकारी मापदण्ड अझै लागू नभएको गुनासो व्यक्त गरे । आगामी दिनमा राज्यबाट सबै संस्थागत तथा निजि विद्यालयको सुधार हुनेगरी कार्यक्रमहरू ल्याईनुपर्ने उनी बताउँछन् ।

नेपाली कांग्रेस पार्टीले निष्टालाई शुभेच्छुक भातृ संस्थाको रुपमा मान्यता दिएको बताउँदै सांसद लामले अब सबै मिलेर समस्याको समाधान गर्न संस्थागत रुपमै बाटो खुलेको बताए । संस्थागत विद्यालयहरू स्थानीय निकायसँग सहकार्य गरेर अघि बढ्न सक्ने बताउँदै उनले शिक्षकमाथि हुने विभेदको समस्या समाधानको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा, केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेद्वारा काठमाडौं जिल्ला तदर्थ समितिका अध्यक्ष रोज बहादुर लामालाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियोे । अध्यक्ष चालिसेले २०३६ सालमा भएको शिक्षकहरूको आन्दोलनकै कारण केही अधिकारहरू प्राप्त भएको बताए । उक्त शिक्षक आन्दोलनलाई विभिन्न तवरबाट असफल बनाउने कार्य भएपछि शिक्षकहरूले फेरि २०४७ सालमा आन्दोलन गरेकोउनी बताउँछन् । २०४७ को राजनीतिक परिवर्तनपछि नेपाल शिक्षक संघको गठन भएको उनले जानकारी दिए । त्यसपश्चात, विभिन्न राजनीतिक दलको आडमा शिक्षकका संगठन थपिदै गएपनि शिक्षक आन्दोलनलाई भने मूर्त रूप दिन नसकेको अध्यक्ष चालिसेले बताए ।

शिक्षकका संगठन बन्दै गए पनि शिक्षकका समस्या समाधान नभएकोले २०७७ साल असोज १६ गते समिति निमार्णका साथै विधान निर्माण गरि पार्टीमा निवेदन दिईएको र २०७९ साउन २ गतेको केन्द्रीय समिति बैठकबाट निष्टाको गठन भएको अध्यक्ष चालिसे बताउँछन् । पार्टीले शुभेच्छुक भातृ संस्थाको रुपमा मान्यता दिएपछि हाल निष्टाको देशव्यापी संगठन बनाउन निजि विद्यालयका शिक्षकहरु लागिपरेको उनले बताए ।

यस्तै, मनोनयन पत्र ग्रहण गर्दै काठमाडौं जिल्ला तदर्थ समितिका अध्यक्ष लामाले आफुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । निजि विद्यालयका शिक्षकहरुले भने आ( आफ्नो पेशागत हकहितका विषय उठान गरेका थिए । राज्यले सबै विद्यालयमा कार्यरत शिक्षकहरूलाई समान तहको अन्य कर्मचारीले जे जति सेवा सुविधा पाएको छ त्यति दिलाउनुपर्ने र समान व्यवहार गर्नुपर्ने उनीहरूको माग छ ।

निष्टाका उप महासचिव लक्ष्मण प्रधानले संचालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार पौडेल, गार्मेट महासंघका उप महा सचिव उदय लामा, नेपाली काग्रेस बागमती प्रदेश प्रतिनिधि सकुन्तला त्रिपाठी, शिक्षकहरू ( दीपक मरहट्टा, युवराज लामा, छत्र बहादुर तामाङ, पुरूषोतम पौडेल, ईश्वर भट्टराई, तेज बहादु लामा, मिम बहादुर लामाका साथै जितेन्द्र बहादुर मोक्तान, नवीन कुमार लामिछाने, नवराज लामिछाने, श्री कृष्ण राना, धर्म राज लामा, ओम राज लामा, ईश्वरी प्रसाद काफ्ले र कुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय