रोशी, काभ्रे । अखिल नेपाल खेलकुद महासंघ रोशी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा चयन भएको छ ।

शनिबार नेकपा (माओवादि केन्द्र) का केन्द्रिय सदस्य एवं पुर्व वाणिज्य तथा आपुर्तिमन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यमा भएको प्रथम सम्मेलनले लामालाई अध्यक्ष सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रममा पुर्व मन्त्री पुनले आफ्ना मान्छे र खेल क्षेत्रभन्दा बाहिर मान्छेलाई नेतृत्वमा ल्याउनुले सोचे अनुरुपको विकास हुन नसकेको बताए । सम्मेलनले इन्चर्जमा सुर्वण लामा र उपध्यक्षमा सुनिल लामा सचिवमा वुद्धा लामा, कोषअध्यक्षमा सम्झना लामा चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा गंगा बहादुर पुलामी मगर, संग्रम लामा, राजेश लामा, नविन कयस्था, दयराम श्रेष्ठ , पंचलाल तामाङ , सुमुलाल तामाङ , भिमराज तामाङ, मनोज लामा , विजय लामा , रमेश वि.क, राजन लामा , भुवन रेग्मी मगर , शंख लामा, सरोज तामाङ चयन भएका छन् ।

कार्यक्रममा पुर्व मन्त्री पुनसँगै माओवादी केन्द्र बागमती प्रदेश सदस्य मिनबहादुर वाइबा (ज्वाला), दैवलाल घिसिङ (अनुशिल)सँगै मानवीर लामा, कञ्चन तामाङ, उमेश लामा लगायतको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय