
काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ७ का खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ । नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका अध्यक्ष तथा समाजसेवी अविरल जिम्बाले व्यक्तिगत रुपमा भलिवल खेलाडीहरुलाई जर्सी सहयोग गरेको हो ।
नेता एवं समाजसेवी जिम्बाले स्थानीय वडाको युवाहरूको स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले खेलकुद सामग्री सहयोग गरिएको बताए । उनले आगामी दिनमा पनि विभिन्न क्षेत्रमा आवश्यक सहयोग निरन्तरता हुने बताए ।


खेलाडीहरुले जर्सी पाएपछि सिकाईमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भलिवल खेलाडीहरुलाई तत्कालको अवस्यतालाई समाधन गर्न एक सेट (८ थान) जर्सी उपलब्ध गराएका हो । शनिबारदेखि ललितपुरको हेल्टारस्थित् पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ ।
खेलाडीहरुले आफुसँग भएको लुगाफाटो लगाएर प्रतियोगितामा सहभागी हुँदै आएको अवस्थामा जर्सी उपलब्ध भएपछि खेलाडीहरुमा खेलप्रतिको मोह र प्रतियोगिताको लागि समेत सकारात्मक उर्जा मिलेको बताए ।