काभ्रे । काभ्रे पलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ५ को स्यार्ते जन्तेमा रहेको निक्कै कठीनपूर्ण पहरामा ट्र्याक खोल्ने डोजर अपरेटरलाई पैसाको मालाले सम्मान गरिएको छ ।

खानीखोला गाउँपालिका ५ स्थित स्यार्ते जन्ते सडकको १ किलो मिटर जति अप्ठ्यारो क्षेत्रमा ट्र्याक ओपन भए पश्चात उपभोक्त समितिद्धारा अपरेटरलाई सम्मान गरिएको हो ।

खानीखोला करिडोर अन्तर्गतको उक्त सडकको कुल लम्बाई २१ किलो मिटर रहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । अब जम्मा ४÷५ किलो मिटर मात्रै ट्याक खोल्न बाँकी रहेको उनी बताउँछन् ।

ट्र्याक खुलेको खुशी साट्न स्थानीयसँग गाउँपालिका अध्यक्ष थिङ, १ नम्बर वडाध्यक्ष सन्तमान थिङ, ३ नम्बर वडाध्यक्ष सागर लामा, ५ नम्बर वडाध्यक्ष बुद्धि बहादुर स्याङ्तान र ६ नम्बर वडाध्यक्ष बृहस्पति घिसिङ लगायत पुगेका थिए ।

यो प्रदेश सरकारको बजेटबाट खनिएको सडक हो । करिडोर निर्माण पश्चात वडा नम्बर १, २, ५ र ६ का स्थानीयलाई सहज हुनेछ । अप्ठ्यारो क्षेत्रमा ट्र्याक खुलेसंगै अन्य भागमा सडक विस्तार गर्न सजिलो हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय