काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २८०/८१ को बजेट बहुमतले पारित भएको छ । मत विभाजनमार्फत बजेट पारित भएको हो । बुधबारको बैठकमा २५५ सांसद उपस्थित भएकोमा बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको थियो ।

बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए । त्यस्तै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले विपक्षमा मत दिएका थिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएसँगै प्रक्रियामा लगेर सभामुख देवराज घिमिरेले बजेट ध्वनि मतको आधारमा बहुमतले पारित भएको घोषणा गरेकोमा एमालेका तर्फबाट सचेतक महेश बर्तौलाले विपक्षमा रहेका सांसद धेरै रहेको दाबी गर्दै मत विभाजनको माग गरेपछि प्रक्रियामा लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय