काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको आयोजनामा हुन लागेको मन्जुश्री संवत् २८६० डुक ल्हो (मु पुख्री) सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ ।
यहीँ आउदो फेब्रुअरि १० तारिखमा रोयल रोज होटल अबधाबी र फेब्रुअरि ११ तारिखमा युएईको विकसित शहर दुबई स्थित क्लब SK7 मा हुन लागेको कार्यक्रममा नेपालदेखि बरिस्ठ गायक तथा संगीतकार विश्व दोङ र गायिका जितु लोप्चन सांगीतिक प्रस्तुति दिन जाने भएको छ ।


तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान भन्ने मुल नारा लिएर लामो समयदेखि तामाङ जातिको भाषा धर्म र संस्कृति संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आउनेक्रममा यस वर्ष पनि समाजले सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम गर्न लागेको तामाङ समाज युएईका कार्यकारी अध्यक्ष भिम दोङले जानकारी गराए ।
कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा हजारौं नेपालीहरु सहभागी भइ आफ्नो देशको कला संस्कृति प्रबर्द्धन गर्न टेवा पुर्याउने विश्वास आयोजकले गरेको छ ।











