काठमाडौं । चलचित्र ‘कार्साङ’बाट नव–नायिकाको रूपमा सिर्जना निङ्लेकुले डेब्यु गर्ने भएकी छन् । मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्के, सुरक्षा पन्त रहेका छन् ।

चलचित्रमा दीया मास्के, माओत्से गुरुङ, पुष्कर गुरुङ र छिरिङ शेर्पा सम्राट क्षेत्री छुकी शेर्पा र कर्मा शेर्पाको पनि अभिनय रहनेछ ।

यम शेर्पाको डेब्यु निर्देशन रहेको चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद छ ।

यसैबीच, सरस्वती पूजाको अवसर पारेर निर्माण पक्षले स्क्रिप्ट पूजा गरेको छ । फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो ।

गोविन्द बोहोरा निर्माता रहेको फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निमार्णपक्षले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय