काभ्रेपलान्चोक । काभ्रेमा जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बनेपाको लिटिल स्टार फनपार्क सिनागालमा चैत्र १० गतेदेखि ‘काभ्रे जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८०’ को आयोजना हुने भएको हो ।
मञ्जुश्री सम्वत् २८६० औं डुक/मु पुख्री (DRAGON NEW YEAR) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ काभ्रे जिल्ला समन्वय समितिको आयोजनामा र काभ्रे जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा जिल्लाका खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने घेदुङका जिल्ला अध्यक्ष राजकुमार तामाङले जानकारी दिए ।


प्रतियोगितामा सहभागीताका लागी दर्ता शुल्क ५ सय र विद्यार्थीको लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ भने प्रतियोगितामा सहभागी खेलाडीहरूका लागी खाजाको व्यवस्थापन आयोजकले गर्ने घेदुङका जिल्ला सचिव निमा तामाङले बताए । खेलाडीहरुले नाम दर्ता २०८० चैत्र ९ गतेसम्म गर्न सकिने आयोजकले जनाए ।
प्रतियोगिताको विजेता प्रथम, द्धितीय, तृतीय र सान्त्वना खेलाडीहरुले नगद सहित प्रमाणपत्र र मेडल पुरस्कार र सहभागी सबै खेलाडीहरुलाई प्रमाणपत्रको व्यवस्था गरेका छन् । प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर लगाएत विभिन्न विद्यामा पुरस्कार प्राप्त गर्ने अध्यक्ष तामाङले बताए ।
इच्छुक खेलाडीहरुले हरि बराल ९८४१६३३८३२ र राजकुमार तामाङ ९८४१००४७९८ नम्बरमा सम्र्पक गरी नाम दर्ता गर्न सकिने आयोजकले जनाए ।











