बनेपा,काभ्रे । काभ्रेको बनेपामा ‘काभ्रे जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८०’ सम्पन्न भएको छ ।
मञ्जुश्री सम्वत् २८६० औं डुक/मु पुख्री (DRAGON NEW YEAR) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा र नेपाल बुद्धिचाल संघ काभ्रेको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । शनिबार बनेपाको लिटिल स्टार फनपार्क सम्पन्न जिल्ला स्तरिय खुल्ला प्रतियोगितामा जिल्लाका ३० जना खेलाडीहरुको सभागिता रहेको थियो ।


प्रतियोगितामा राहुल चौंप्रधान प्रथम, नविन चौधरी द्वितीय, हरि बराल तृतीय, शैलेन्द्र न्यौपाने सान्त्वना र तिर्थमान लामा पाँचौ भएका छन् । टप १० अन्र्तगत देबकृष्ण श्रेष्ठ, प्रमोद लामा, राज तामाङ, प्रवेश गुँरागाई र राजेश के.सी. भएका छन् । प्रतियोगितामा तामाङ समुदायबाट प्रथम राजन तामाङ, महिलाबाट प्रथम सुस्मिता न्यौपाने, १३ बर्ष मुनिको प्रथमा सौरभ न्यौपाने र भेट्रन प्रथम धर्म लामा भएका छन् ।
प्रतियोगितामा विजेताहरुलाई खेलाडीहरुलाई नगद पुरस्कार सहित, मेडल र प्रमाणपत्र प्रदान गरेको थियो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति,काभ्रेका अध्यक्ष राजकुमार तामाङले प्रतियोगिता सफल रुपमा सम्पन्न भएकोमा सहभागी सबैमा धन्यबाद ज्ञापन गर्दै तामाङ घेदुङको तर्फबाट यस्तो प्रतियोगिता पहलिो पटक आयोजना गरेको बताए ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति,काभ्रेका अध्यक्ष राजकुमार तामाङको अध्यक्षातामा भएको कार्यक्रमका प्रमुख अतिथि अन्तराष्ट्रि तामाङ परिषद महासचिव तथा कार्यकारी प्रमुख टासी लामा, विषेश अतिथि जिल्ला खेलकुद विकास समिति, काभ्रेका अध्यक्ष मानवीर वाईबा, नेपाल बुद्धिचाल संघ काभे्र जिल्ला समितिका अध्यक्ष रघुवर चौंप्रधान लगायत नेपाल तामाङ घेदुङका संघीय, बागमती प्रदेश र जिल्ला समन्वय समितिका पदाधिकारीहरुको विषेश उपस्थितिमा सम्पन्न भएको थियो ।










