महाभारत, काभ्रे । धार्मिक पर्यटन क्षेत्र बनाउने उद्धेश्य सहित काभ्रेको डाँडापारि महाभारत गाउँपालिका–५ गोपेडाँडामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माणका हालसम्म रु १ लाख ५९ हजार २ सय ४६ रुपैया संकलन भएको छ ।

तीन बर्ष पहिलाबाट निर्माण सुरु भएको झण्डै रु पचास लाखको लगानीमा निर्माण हुनलागेको उक्त बुद्धको मूर्ति सहितको गुम्बा निर्माणका लागि बजेट अपुग भएको हुँदा जनस्तरबाट सहयोग संकलन गरेको कोन्ज्योसोम बुद्ध मुर्ति निर्माण समितिका अध्यक्ष राम बहादुर लामाले बताए ।

उक्त रकम स्वदेश तथा विदेशमा हरेका तामाङ समुदाय तथा अन्य व्यक्तिबाट प्राप्त भएको हो । बुद्धको मूर्ति सहितको गुम्बा निर्माणका लागि प्रेम ध्वज वाईबाले रु २५ हजार, आशिष मोक्तानले १५ हजार, रन्दिप वाईबाले रु १० हजार ७ सय ५५, साईला जिम्बाले रु १० हजार ५ सय ५०, मिलन जिम्बाले रु १० हजार १ सय २७, आशिष लामा काल्तानले रु १० हजार, टेक बलले रु १० हजार, बिजय मोक्तानले रु ५ हजार ५ सय ५०, सुबर्ण माईलाले रु ५ हजार २ सय ९५, मिलन लामाले रु ५ हजार २ सय ६४, सरोज रानाले रु ५ हजार १ सय, वीर बल तामाङले रु ५ हजार ५५, अमृत स्याङ्तानले रु ५ हजार ५०, रुप बहादुर लोले रु ५ हजार ५०, वाङ्गेल बलले रु ५ हजार, जित ब लामाले रु ५ हजार,विजय लामाले रु ४ हजार १५, बहादुर बलले रु ३ हजार २ सय ५०, सुबास वाईबाले रु ३ हजार ८०, अनु लामाले रु २ हजार ५ सय, बाबुलाल बलले रु २ हजार ५ यसय, सागर मोक्तानले रु २ हजार ५०, कान्छामान तामाङले रु २ हजार कान्छामान मोक्तानले रु १ हजार ५० र दोर्जे लामा थिङले रु १ हजार ५ सहयोग गरेका छन् ।

स्थानियहरुको विषेश पहलमा गाउँपालिकाको पहिलो र जिल्लाको चौथो अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । गाउँपालिकाले दुई आर्थिक बर्षमा दिएको एक आर्थिक वर्षमा १० लाख, १५ लाख गरि २५ लाखको लागतमा पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने कार्य भएको छ । मुर्तिको निर्माणको काम करिब २० प्रतिशत सम्पन्न भएको र आर्थिक वर्ष ०८०÷०८१ को बागमती प्रदेशबाट प्राप्त रु आठ लाखको काम सम्पन्न गर्न बाँकी रहेको समितिका सचिव बुद्धिमान लामा योन्जनले बताए ।

तामाङ तथा बुद्ध धर्म मान्ने बुहुल्यता रहेको यस क्षेत्रमा बुद्धको मुर्तिसहितको गुम्बा निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटक, भक्तजनहरु आउने निर्माण समितिका संरक्षक सगुन लामाले बताए ।

देश विदेशमा रहेको सहयोगी मन र विभिन्न संघसंस्था, व्यक्तिबाट बुद्धको मूर्ति सहितको गुम्बा निर्माणका लागि सहयोग आउने क्रम जारी रहको निर्माण समितिका संरक्षक सुवास जिम्बा जानकारी दिए । सहयोग गर्ने सहयोगीहरुलाई कदर पत्र , सम्मान पत्र र शिलापत्रमा नाम लेख्ने समितिले जनाए ।

देश तथा विदेशमा सहयोग अभियान संचालन भइरहेकोले आफ्नो इच्छ अनुसार पवित्र कामका लागि सहयोग आर्थिक सहयोग गर्न समितिले सबैमा आग्रह गरेका छन् । थप जानकारीको लागि समितिका अध्यक्ष राम बहादुर लामा मोबाइल नम्बर ९८६५५८६०५० सचिव बुद्धिमान लामा योन्जन, ९७६१६६८०२० वा संरक्षक सगुन लामा ९८६४२३७८६० र सुवास जिम्बा ९८६३४७३८७७ मा सम्पर्क गर्न समितिले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय