काठमाडौं । नेपाल क्रभ मागा (Nepal Krav Maga) को आयोजनामा काठमाडौंको बौद्धमा आत्मा सुरक्षा सम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न विधाका खेलाडीहरुले प्रशिक्षण लिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल क्रभ मागाका अध्यक्ष तथा कुम्फुको अन्तर्राष्ट्रिय खेलाडी राज कुमार तामाङले खेलकुद क्षेत्रमा लागेको सबैले क्षमता अभिबृद्धि गर्दै अध्ययन र खेलकुद गतिविधीलाई एकैसाथ लैजान आग्रह समेत गरेका थिए । उनले खेलकुद क्षेत्रमा लागेको व्यक्तिले आफ्नो सुरक्षा आफैले गर्न सक्नुपर्ने बताए ।


कार्यक्रमका प्रमुख अतिथि सिराहा क्षेत्र नं. ४ का संविधान सभा सदस्य मनानीय मोख्तर अहमदले खेलाडीहरु राष्ट्र गहाना हो भन्दै सबैले देशको नाम उच्च राख्न आग्रह गर्नुभयो । साथै उहाँले आत्मा सुरक्षा सम्बन्धी सेमिनार हाम्रो देशको लागि अति आवश्यक रहेको औल्याउनु भयो ।
सेमिनारमा खेलाडीहरु कार्साङ लामा, मेलिना राई, फुर्वा शेर्पा, फुतेम्बा शेर्पा, छेवाङ शेर्पा, ग्लाजी शेर्पा, सुनिल राना मगर, पंकज थापा मगर, रचना हमाल, रेश्मा वि.क अजित खड्का, अमिता वि.क. बबिता घर्ती मगर, गङ्सल्मो तामाङ, शुक्र वि.क., मिलन थापा मगर, प्रेम बहादुर पुन, शुसिला थापा अचार्य, रबिन्द्र थापा मगर, राजकुमार भुजेल, बिशाल वि.क., मान बहादुर लामा, जिवन थापा, देबेन्द्र रायमाझी,सुनिल लामा, पे्रम बहादुर खड्का, मेघ बहादुर थापा क्षेत्री, पुजा ब्लोन, कुमारी बल, बिकास बु्ढा मगर, हुपेन्द्र पुन तेजेन्द्र पुर्जा, प्रेम बहादुर खड्का र पुजा ब्लोन उपस्थिति रहेको थियो ।










