महाभारत,काभ्रे । भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराँते प्रतियोगितामा सागर मोक्तानले स्वर्ण जितेका छन् । शुक्रबार भएको प्रतियोगितामा मोक्तानले जुनियर टिम काता तर्फबाट स्वर्ण जितेका हुन् ।

काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिका २ का स्थानीय राष्ट्रिय खेलाडी मोक्तान नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए । मोक्तान सितो रिओ कराँते लुभु, ललितपुर डोजो नेपालका खेलाडि थिए ।

मित्र राष्ट्र भुटानको थिम्पुमा भएको ८ औँ साउथ एशियन कराते प्रतियोगितामा नेपालले ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदक प्राप्त भएका छन् ।

जसमा प्रतियोगिताको अन्तिम दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ,–६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरी यु–२१,–८४ किलोमा गौरव नेपाल, ं८४ किलोमा आशिष श्रेष्ठ रहेका छन्।

यस्तै पुरुषकै सिनियरतर्फ–५५ किलोमा एलोन श्रेष्ठ,–६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलम र ं८४ किलोमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

प्रतियोगिताको औपचारिक उदघाटन भुटानका राजकुमार टासु जिगेलले एक विशेष समारोहका बीच गरेका थिए ।

भुटानसहित नेपाल, भारत र श्रीलंका सहभागी रहेको प्रतियोगिताको उद्घाटन समारोहमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, उपाध्यक्ष मजिन्द्र सिंह, महासंघका सदस्यहरू, वरिष्ठ प्रशिक्षकहरू, टिम प्रशिक्षक, पदाधिकारीलगायत करिब १ दर्जन अफिसियलको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय