काठमाडौं । सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिँदा उक्त हताहत भएको हो ।

“नियतबास गाडीले हानेको जस्तो देखिँदैन,” सहायक प्रवक्ता थापाले भने, “अनियन्त्रित भएर पल्टिँदा किचेको जस्तो देखिएको छ ।”

उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

गाडीले किच्दा प्रहरी निरीक्षकको मृत्यु

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय